भारत तथा दक्षिण एसिया भिसाका लागि अत्यन्त गतिशील र रणनीतिक रूपमा महत्त्वपूर्ण बजार भएको उल्लेख गर्दै सेठीको अनुभव र ज्ञानले डिजिटल भुक्तानीलाई थप तीव्रता दिने
काठमाडौँ — डिजिटल भुक्तानी क्षेत्रमा अग्रणी भिसाले भारत तथा दक्षिण एसियाका लागि ग्रुप कन्ट्री म्यानेजरमा नियुक्त गरेको छ ।
यस भूमिकामा उनले भारत, बंगलादेश, श्रीलंका, नेपाल, माल्दिभ्स र भूटानमा भिसाको रणनीति तथा सञ्चालनको नेतृत्व गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारत तथा दक्षिण एसिया भिसाका लागि अत्यन्त गतिशील र रणनीतिक रूपमा महत्त्वपूर्ण बजार भएको उल्लेख गर्दै सेठीको अनुभव र ज्ञानले डिजिटल भुक्तानीलाई थप तीव्रता दिने कम्पनीको विश्वास रहेको विज्ञप्तिमा जनाइएको छ ।
नवनियुक्त सेठीले भारत र दक्षिण एसियामा डिजिटल भुक्तानीको महत्त्वपूर्ण चरणमा भिसामा आबद्ध हुन पाएकामा खुसी व्यक्त गरे ।
आगामी वृद्धि विस्तार, विश्वास र नवप्रवर्तनद्वारा सञ्चालित हुने उल्लेख गर्दै उनले सुरक्षित, समावेशी तथा प्रभावकारी भुक्तानी समाधान विकासमा जोड दिए ।
सेठीले आफ्नो जागिरे जीवनमा वित्तीय क्षेत्रमा नवप्रवर्तन र प्रणालीगत वृद्धि प्रवद्र्धन गर्ने विभिन्न वरिष्ठ नेतृत्व भूमिका निर्वाह गरेका छन् ।
अफ्रिका, ल्याटिन अमेरिका, अमेरिका, बेलायतसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा काम गरेको अनुभव सेठीसँग रहेको विज्ञप्तिमा जनाइएको छ ।
