ग्राहकलाई सहज, भरपर्दो र थप मूल्ययुक्त सवारी खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको भनाइ छ ।
काठमाडौँ — नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेल्स एन्ड एक्सचेन्ज एक्सिलेन्स योजना सार्वजनिक गरेको छ ।
यो विशेष योजना १३ वैशाखदेखि १५ सम्म नेपालभर रहेका सबै प्रोटोन सोरुममा सञ्चालनमा रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाा प्रोटोन ई मास सेबेनलगायत प्रोटोनका विभिन्न मोडल आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् ।
यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्य, १ वर्षको नि:शुल्क बिमा, एक वर्षको रोड ट्याक्स, सात किलोवाटको चार्जर तथा आठ वर्षसम्मको वारेन्टी सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकलाई सहज, भरपर्दो र थप मूल्ययुक्त सवारी खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको भनाइ छ ।
विशेषगरी विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ग्राहकलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी रोज्न प्रेरित गर्ने कम्पनीको विश्वास छ ।
नेपालभर रहेका सबै प्रोटोन सोरुममा लागु हुने यस योजनाबाट ग्राहकले सीमित अवधिसम्म विशेष लाभ लिन सक्ने कम्पनीको दाबी छ ।
