प्रिबुकिङ गर्ने ग्राहकले १५ हजार ९ सय ९९ रुपैयाँबराबरको अनर च्वाइस वाट टू प्रो निःशुल्क प्राप्त गर्ने कम्पनीको भनाइ छ । जसले प्रारम्भिक खरिदकर्ताका लागि यो अफरलाई अझ आकर्षक बनाएको बताइएको छ ।
काठमाडौँ — अनर नेपालले अनर ६०० लाइट सार्वजनिक गरेको छ ।
उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र स्मार्ट प्रयोग अनुभव संयोजन गरिएको यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताका लागि विशेष रुपमा डिजाइन गरिएको कम्पनीले जारी गरेको विज्ञपितमा उल्लेख छ ।
अनर ६०० ले अत्याधुनिक फिचर प्रदान गर्ने कम्पनीको दाबी छ । मजबुती र आकर्षक डिजाइनलाई ध्यानमा राखेर तयार गरिएको अनर ६०० लाइटमा प्रिमियम मेटल सिल्ड बडी प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
यसमा ६.६ इन्चको अमोलेड डिस्प्ले दिइएको छ, जसमा १२० एचजेड रिफ्रेस रेट रहेको कम्पनीले बताएको छ ।
लन्चका अवसरमा अनर नेपालले विशेष प्रिबुकिङ अफर पनि घोषणा गरेको छ ।
प्रिबुकिङ गर्ने ग्राहकले १५ हजार ९ सय ९९ रुपैयाँबराबरको अनर च्वाइस वाट टू प्रो निःशुल्क प्राप्त गर्ने कम्पनीको भनाइ छ । जसले प्रारम्भिक खरिदकर्ताका लागि यो अफरलाई अझ आकर्षक बनाएको बताइएको छ ।
अनर ६०० लाइटको मूल्य ५९ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।