बतास एमएडब्लू कमर्सियल भेहिकल्सका शाखामा सामाजिक अभियान

बीएमसीभीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कर्मचारी र स्वयंसेवकको सहभागिता थियो ।

वैशाख १३, २०८३

कान्तिपुर संवाददाता

Social campaign at Batas MAW Commercial Vehicles branch

काठमाडौँ — बतास अर्गनाइजेसन र एमएडब्लू इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लू कमर्सियल भेहिकल्स (बीएमसीभी) ले देशका विभिन्न स्थानमा रहेका शाखामा सामाजिक अभियान चलाएको छ ।

आफनो तेस्रो वार्षिकोत्सव नेपालभर विभिन्न अर्थपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेर मनाइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान गर्ने र सामाजिक कल्याणमा सहयोग पुर्याउने लक्ष्यलाई प्राथमिकता दिएको कम्पनीको भनाइ छ ।

यस अवसरमा बीएमसीभीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कर्मचारी र स्वयंसेवकको सहभागिता थियो । उक्त अवसरमा कम्पनीले नि:शुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो, जसबाट ८७ जना व्यक्ति लाभान्वित भएको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो तीन वर्षको यात्रा पूरा भएको असवरमा बीएमसीभीले व्यावसायिक विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि सँगै अगाडि बढाउने प्रतिबद्धता दोहोर्‍याएको विज्ञप्तिमा जनाइएको छ ।

कान्तिपुर

Link copied successfully