सामसङको ग्यालेक्सी एस२६ अल्ट्रामा नयाँ स्काई ब्लु भेरियन्ट

ग्यालेक्सी एस २६ अल्ट्राको स्काई ब्लु भेरियन्टसँग आकर्षक अफर, यो भेरियन्ट खरिद गर्दा ग्यालेक्सी बड्स४ मा ६० प्रतिशत छुट पाइने

वैशाख १३, २०८३

कान्तिपुर संवाददाता

Samsung's Galaxy S26 Ultra gets a new Sky Blue variant

काठमाडौँ — सामसङ नेपालले आफ्नो फ्ल्यागसिप स्मार्टफोन लाइनअपमा एउटा नयाँ र फ्रेस ‘स्काई ब्लु’ रङको ग्यालेक्सी एस२६ अल्ट्रा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

सुन्दरता, व्यक्तित्व र आधुनिक स्टाइल झल्काउने गरी तयार गरिएको स्काई ब्लु एडिसनले प्रदर्शनसँगै स्टाइल रुचाउने प्रयोगकर्ताका लागि कुल र आकर्षक विकल्प थपेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्काई ब्लु भेरियन्टको आगमनले सामसङले नेपाली उपभोक्ताहरूको बदलिँदो चाहनाअनुसार स्थानीय विकल्प उपलब्ध गराउने आफ्नो प्रतिबद्धता झन् प्रस्ट बनाएको कम्पनीको दाबी छ ।

ग्यालेक्सी एस २६ अल्ट्राको स्काई ब्लु भेरियन्टसँग आकर्षक अफर पनि रहेको कम्पनीले जनाएको छ । यो भेरियन्ट खरिद गर्दा ग्यालेक्सी बड्स४ मा ६० प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully