एलआरआर मोटर्सले नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा स्वच्छ ऊर्जा यातायात प्रवद्र्धनप्रति प्रतिबद्ध अग्रणी अटोमोबाइल ब्रान्डका रूपमा आफ्नो स्थान थप सुदृढ गरेको कम्पनीको दाबी
काठमाडौँ — एलआर मोटर्सले काठमाडौंको गैरीधारास्थित आफ्नो सोरुममा पाँचदिने ‘जिली ईएक्स५ सुपर सेल्स एन्ड एक्सचेन्ज कार्निभल’ सम्पन्न गरेको छ ।
यसले नेपालको अटोमोबाइल क्षेत्रमा ग्राहक संलग्नता, सहभागिता तथा विद्युतीय सवारीसम्बन्धी जनचेतनामा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यही ४ देखि ८ वैशाखसम्म सञ्चालित कार्निभलमा सम्भावित खरिदकर्ता, अटोमोबाइल पारखी तथा अटोमोबाइल इन्फ्लुएन्सरहरूको उत्साहजनक सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ ।
‘शोरुममा ३५० भन्दा बढी ग्राहकको निरन्तर आवागमन रहँदा सयौं संख्यामा सोधपुछ तथा प्रोडक्ट कन्सल्टेसन सम्पन्न भए,’ विज्ञप्तिमा भनिएको छ, ‘जसले जिली ईएक्स५ म्याक्स तथा प्रो विद्युतीय मोडेलप्रति बजारको उच्च चासो झल्काएको छ ।’
कार्यक्रमको प्रमुख आकर्षणमध्ये ठूलो संख्यामा सम्पन्न टेस्ट ड्राइभ थिए, जसले ग्राहकहरूलाई जिली ईएक्स५ को नवीनतम ईभी लाइनअपको कार्यक्षमता, आरामदायी तथा उन्नत सुरक्षा सुविधा प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।
कार्निभलको सफलतासँगै एलआरआर मोटर्सले नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा स्वच्छ ऊर्जा यातायात प्रवद्र्धनप्रति प्रतिबद्ध अग्रणी अटोमोबाइल ब्रान्डका रूपमा आफ्नो स्थान थप सुदृढ गरेको कम्पनीको दाबी छ ।
