ओप्पो ए६एक्स अब नेपालमा

ओप्पो ए६एक्स को मूल्य ३२ हजार ४ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

वैशाख १२, २०८३

कान्तिपुर संवाददाता

Oppo A6X now in Nepal

काठमाडौँ — ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा उपलब्ध भएको छ ।

दैनिक प्रयोगलाई लक्ष्य गर्दै ल्याइएको यो स्मार्टफोनले टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्री क्षमताको सन्तुलित संयोजन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

भित्री तथा बाहिरी दुवै वातावरणमा सहज रूपमा प्रयोग गर्न मिल्ने व्यावहारिक सुविधा समेटिएकाले यो फोन विभिन्न प्रकारका प्रयोगकर्ताका लागि उपयुक्त हुने अपेक्षा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस डिभाइसमा ६ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ । आइस ब्लु र प्लम पर्पल गरी दुई भिन्न रङमा यो बजारमा आएको छ । ओप्पो ए६एक्स को मूल्य ३२ हजार ४ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully