नयाँ केन्ट एअर कुलर विभिन्न श्रेणीमा उपलब्ध छन्, जसमा पर्सनल कुलर, डेजर्ट कुलर, टावर कुलर तथा कमर्सियल कुलर समावेश
काठमाडौँ — बढ्दो गर्मी मौसमलाई ध्यानमा राखेर सीजी इलेक्ट्रोनिक्सअन्तर्गत अन्तर्राष्ट्रिय ब्रान्ड केन्टले नेपाली बजारमा अत्याधुनिक एअर कुलर तथा फ्यानको नयाँ दायरा सार्वजनिक गरेको छ ।
आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा उच्च कार्यक्षमतासहितका यी उत्पादनले उपभोक्तालाई गर्मी मौसममा सहज, सुरक्षित र ऊर्जा–कुशल समाधान प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार नयाँ केन्ट एअर कुलर विभिन्न श्रेणीमा उपलब्ध छन्, जसमा पर्सनल कुलर, डेजर्ट कुलर, टावर कुलर तथा कमर्सियल कुलर समावेश छन् । केन्टका फ्यान पनि आधुनिक जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएको कम्पनीको दाबी छ ।
