चितवनमा कजारियाको नयाँ शोरुम

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको जनाइएको छ ।

वैशाख १२, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — कजारिया रमेश टायल्स लिमिटेडले चितवनको मंगलपुरमा नयाँ शोरुम उद्घाटन गरेको छ ।

अथर्व इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त शोरुमले चितवन तथा आसपासका ग्राहकलाई कजारियाका प्रिमियम टायल समाधान अझ सहज रूपमा उपलब्ध गराउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालभर निरन्तर विस्तार भइरहेको आफ्नो सञ्जालसँगै कजारियाले टायल उद्योगमा विश्वासिलो ब्रान्डका रूपमा आफ्नो स्थान अझ सुदृढ बनाउँदै नवीनता, गुणस्तर तथा उत्कृष्ट डिजाइनमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको कम्पनीको दाबी छ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully