ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गराउने कम्पनीको लक्ष्य
काठमाडौँ — नेपालमा होन्डाका ग्राहकलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले दुई प्रिमियर सर्भिस सेन्टर उद्घाटन गरेको छ ।
त्रिपुरेश्वरमा रहेका सेवा केन्द्र (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) तथा कान्तिपथस्थित ज्योति भवनमा रहेका दुई सेवा केन्द्रहरूको औपचारिक उद्घाटन भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । देशभर नयाँ होन्डा सर्भिस सेन्टर विस्तार गर्ने घोषणा गरेको छ ।
कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ ।
यिनका माध्यमबाट ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गराउने कम्पनीको लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
स्याकार ट्रेडिङ कम्पनीले होन्डाका ग्राहकहरूका लागि पहिलेकै मूल्यमा प्रिमियम सर्भिसको अवधारणा अगाडि सारेको छ । यस अवधारणाअन्तर्गत ग्राहकले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवाको अनुभव गर्न सक्नेछन् ।
