चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल निक्षेप २ खर्ब १६ अर्ब संकलन गरी कर्जातर्फ १ खर्ब ७७ अर्ब रुपैयाँ परिचालन
काठमाडौँ — १९ वर्षमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहक २० लाख ११ हजार पुगेका छन् ।
सातै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालनका साथै २ सय शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल निक्षेप २ खर्ब १६ अर्ब संकलन गरी कर्जातर्फ १ खर्ब ७७ अर्ब रुपैयाँ परिचालन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच बैंकले १९औं वार्षिकोत्सव मनाएको छ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना शाखा, १ सय ६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बताएको छ ।
