१+४+४+५ फ्रेमवर्क नाम दिइएको उक्त योजना २१ अप्रिल २०२६ मा चीनको चोङकिङमा आयोजित ग्लोबल स्ट्राटेजी लञ्च तथा ग्लोबल पार्टनर सम्मेलनमा सार्वजनिक गरिएको हो,
काठमाडौँ — चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सूचीमा स्थान बनाउने र आरएमबी ६ सय अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ रणनीति घोषणा गरेको छ ।
१+४+४+५ फ्रेमवर्क नाम दिइएको उक्त योजना २१ अप्रिल २०२६ मा चीनको चोङकिङमा आयोजित ग्लोबल स्ट्राटेजी लञ्च तथा ग्लोबल पार्टनर सम्मेलनमा सार्वजनिक गरिएको हो, जहाँ अटो उद्योगका करिब ७ सय जना सहभागीको उपस्थिति रहेको ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यस रणनीतिको पछाडि आन्तरिक रूपमा विकास गरिएको सशक्त प्रविधिमा आधारित विश्वस्तरीय अटोमोबाइल कम्पनी निर्माण गर्ने एक स्पष्ट लक्ष्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लक्ष्य हासिल गर्न चांगानले चार प्रमुख व्यवसायिक क्षेत्र, सवारीसाधन, कम्पोनेन्ट, सेवा र नयाँ पुस्ताका उद्योगहरूमा ध्यान केन्द्रित गर्नेछ ।’
कम्पनी स्मार्ट, ग्रिन, ग्लोबल र थप कनेक्टेड बन्ने दिशामा चार प्रमुख रूपान्तरणतर्फ अघि बढ्ने कम्पनीले जनाएको छ ।
कम्पनीले २०३० सम्म पाँच प्रमुख सूचक दोब्बर बनाउने लक्ष्य पनि राखेको छ, जसमा विद्युतीय सवारीको बिक्री, विदेश निर्यात, कुल आम्दानी, नाफा र ब्रान्ड भ्यालु समावेश छन् ।
