एनसेलको विद्यार्थी लक्षित ‘पहिलो सिम’

‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्छन् ।

वैशाख १०, २०८३

कान्तिपुर संवाददाता

Ncell's 'First SIM' targeted at students

काठमाडौँ — एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ । अफरमा विद्यार्थीले करसहित ५० रुपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् ।

विभिन्न आकर्षक बन्डल सेवाको फाइदा लिन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीहरूले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्छन् । यो पहिलो सिममा २ जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै मेरो स्कुल र गेमिङ प्रिमियर लिग (जीपीएल) मा २८ दिनका लागि निःशुल्क पहुँच पाइने कम्पनीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully