अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि किन्दा १० प्रतिशत छुट सहुलियत पाउनेछन् ।
काठमाडौँ — एनआईसी एसिया बैंक लिमिटेड र एभरेस्ट हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दीपकचन्द्र बरालज्यूले हस्ताक्षर गरे । समझदारीपछि बैंकका ग्राहकले नयाँ बानेश्वर, काठमाडौंमा रहेको एभरेस्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवा (आउटसोर्स सेवाहरू, डाक्टर परामर्श र एम्बुलेन्स शुल्कबाहेक) उपयोग गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउनेछन् । साथै अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि किन्दा १० प्रतिशत छुट सहुलियत पाउने हस्पिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
