कर्मचारीलाई १० प्रतिशत छुट सुविधासहित सहुलियत दरमा स्वास्थोपचार उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
काठमाडौँ — नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्रान्डी इन्टरनेसनल हस्पिटलबीच छुट सम्झौता गरिएको छ ।
आफ्ना प्रस्तावकलाई आवश्यक मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलब्ध गराउने गरी नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रान्डी इन्टरनेसनल हस्पिटलबीच उक्त सम्झौता भएको हो ।
सम्झौताअनुरुप कम्पनीको बिमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवाश्यक मेडिकल जाँचको लागि सहुलियत दरमा छिटो छरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीलाई १० प्रतिशत छुट सुविधासहित सहुलियत दरमा स्वास्थोपचार उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
