यसले सामसङको इनोभेसनमार्फत जीवन जोड्ने उद्देश्यलाई पनि सशक्त बनाउने दाबी गरिएको छ ।
काठमाडौँ — नेपालमा मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङ नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ ।
यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदानलाई उजागर गर्दै उनीहरूले परिवार र देशका लागि खेलेको महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसले सामसङको इनोभेसनमार्फत जीवन जोड्ने उद्देश्यलाई पनि सशक्त बनाउने दाबी गरिएको छ । यस अभियानअन्तर्गत सामसङले ‘सामसङ रेमिटमा बेनिफिट’ पहल सार्वजनिक गरेको छ, जसले रेमिट्यान्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ ।
यो अफर २४ अप्रिलदेखि उपलब्ध हुने कम्पनीको भनाइ छ । यस अभियानले दीर्घकालीन विश्वसनीयता, वारेन्टी र सहज इकोसिस्टम अनुभवका लागि आधिकारिक उत्पादन छनोट गर्ने महत्त्वलाई पनि जोड दिएको कम्पनीको दाबी छ ।
