एमएडब्लूको रेटिङ स्तरोन्नति 

कम्पनीको दीर्घकालीन कर्जा रेटिङ एलबीबी+ बाट बढाएर एलबीबीबी– गरिएको छ ।

वैशाख ८, २०८३

कान्तिपुर संवाददाता

MAW's rating upgrade

काठमाडौँ — इक्रा नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (एमएचपीएल) को सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई ध्यानमा राखी क्रेडिट रेटिङ अपग्रेड गरेको छ ।

कम्पनीको दीर्घकालीन कर्जा रेटिङ एलबीबी+ बाट बढाएर एलबीबीबी– गरिएको छ । अल्पकालीन रेटिङ भने ए४+ बाट सुधार भई ए३ पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस रेटिङ अपग्रेडले एमएचपीएलको समग्र क्रेडिट प्रोफाइल सुदृढ बनाउने दिशामा भएको निरन्तर प्रगतिलाई देखाउने कम्पनीको दाबी छ ।

कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङको क्षेत्रमा राम्रो रिकभरी संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएका कारण सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाँच दशकभन्दा लामो समयदेखि नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित एमएडब्लू ग्रुपको हिस्सा हुनु पनि एमएचपीएलका लागि थप बलियो पक्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully