स्वास्थ्य र फिटनेस ट्र्याकिङलाई विशेष जोड दिइएको हुवावेको नयाँ स्मार्ट 'ब्यान्ड इलेभेन' बजारमा आएको छ । यसको मूल्य ९,९९० देखि १४,९९० रुपैयाँसम्म छ ।
काठमाडौँ — हुवावेले नेपालमा स्मार्ट वेयरेबल ‘ब्यान्ड इलेभेन’ सार्वजनिक गरेको छ । हालै आयोजित ‘रन विद द बिट-पावर्ड बाई हुवावे’ कार्यक्रममार्फत यो ब्यान्ड सिरिज सार्वजनिक गरिएको हो । स्वास्थ्य र फिटनेस गतिविधि ट्र्याकिङलाई सहज बनाउने गरी यो ब्यान्ड डिजाइन गरिएको कम्पनीले जनाएको छ । यसले मुटुको गति, रगतमा अक्सिजनको मात्रा, श्वासप्रश्वासको विश्लेषण गर्ने विज्ञप्तिमा उल्लेख छ । यसमा निद्रा ट्र्याकिङ सुविधा पनि रहेको उल्लेख छ ।
यसको ब्याट्री १४ दिनसम्म टिक्ने कम्पनीले जनाएको ५ । यसलाई हुवावे हेल्थ एपसँग एकीकरण गरी व्यक्तिगत स्वास्थ्य र फिटनेससम्बन्धी सुझावहरू प्राप्त गर्न सकिन्छ । ब्यान्ड इलेभेनको पोलिमर भेरियन्टलाई ९ हजार ९ सय ९० रुपैयाँ, लाइट अलुमिनियम एलोयको ११ हजार ९ सय ९० र ब्यान्ड इलेभेन प्रोको मूल्य १४ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।
