पोखरामा खुल्यो माउन्टेनमग कफी

फोमी नेपालसँगको साझेदारीमा नयाँ आउटलेट शुभारम्भ

वैशाख ४, २०८३

कान्तिपुर संवाददाता

Mountain Mug Coffee opens in Pokhara

काठमाडौँ — प्रिमियम कफी ब्रान्ड माउन्टेनमग कफी अब पोखराको बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ।

कम्पनीले विश्वप्रसिद्ध आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा आफ्नो नयाँ आउटलेट शुभारम्भ गरेको हो।

कम्पनीका अनुसार यस सहकार्यले ग्राहकलाई केवल कफीको स्वाद मात्र नभई आधुनिक डिजाइन र इनोभेटिभ स्पेससहितको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

माउन्टेनमग कफीले छोटो समयमै प्रिमियम कफी ब्रान्डका रूपमा आफ्नो पहिचान स्थापित गरिसकेको छ। हाल माउन्टेनमग कफीका नेपालमा चारवटा आउटलेट सञ्चालनमा रहेका छन भने पोखरामा थपिएको नयाँ आउटलेटसँगै कम्पनीले आफ्नो उपस्थिति अझ विस्तार गरेको हो।

पोखरा जस्तो पर्यटकीय सहरमा सुरु गरिएको यस विस्तारले विदेशी पर्यटकहरूबीच नेपाली कफीको लोकप्रियता बढाउनुका साथै स्थानीय कफी संस्कृतिको प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

कान्तिपुर

Link copied successfully