नवनियुक्त सीईओ पौडेलले कम्पनीले २२ वर्षे यात्रामा निर्माण गरेको बलियो आधारलाई अझ सुदृढ बनाउँदै सेवा विस्तारलाई तीव्र बनाउने बताए ।
काठमाडौँ — एफवान सफ्ट इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सनतकुमार पौडेल नियुक्त भएका छन् ।
कम्पनीले २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नयाँ सीईओमा पौडेललाई नियुक्त गरेको घोषणा गरेको हो।
हाल फोननेस्ट प्रालिका सीईओ रहेका पौडेलले अब दुवै संस्थाको नेतृत्व गर्ने कम्पनीले जनाएको छ । एफवान सफ्टमा आबद्ध हुनुअघि उनले नबिल बैंकमा एक दशक काम गरेका थिए ।
उनी सह–संस्थापक तथा निर्देशक सुवास शर्मापछि सीईओको जिम्मेवारीमा आएका हुन् । शर्मा एक दशकभन्दा बढी समय सीईओ भइसकेका छन् ।
नवनियुक्त सीईओ पौडेलले कम्पनीले २२ वर्षे यात्रामा निर्माण गरेको बलियो आधारलाई अझ सुदृढ बनाउँदै सेवा विस्तारलाई तीव्र बनाउने बताए ।
शर्माले एफवान सफ्ट ग्रुपको दृष्टिकोणलाई व्यवहारमा उतार्दै इसेवा र फोनपेलगायत डिजिटल वित्तीय समाधानको विकास र विस्तारमा महत्त्वपूर्ण नेतृत्व गरेका छन् ।
शर्मा अब निर्देशकको भूमिकामा रहँदै एफवान सफ्ट ग्रुपको रणनीतिक दिशानिर्देशनमा संलग्न हुने कम्पनीले जनाएको छ।
