यामाहा ब्लु फेस्टमा मनाइयो इनोभेसनको उत्सव

ब्लु फेस्टको प्रमुख आकर्षण एक्सचेन्ज कार्निभल थियो, जहाँ ग्राहकले आफ्ना पुराना मोटरसाइकल सजिलै साट्न सक्ने सुविधा पाएका थिए ।

चैत्र ३०, २०८२

कान्तिपुर संवाददाता

Yamaha Blue Fest celebrates innovation

काठमाडौँ — यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लू ग्रुपमार्फत यामाहा ब्लु फेस्ट आयोजना गरेको छ । यस कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीलाई एकै ठाउँमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको थियो ।

कार्यक्रमलाई साधारण बिक्री गतिविधिभन्दा माथि उठाएर अन्तर्क्रिया, इनोभेसन र उत्साहमार्फत यामाहा र राइडरबीच अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने गरी डिजाइन गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ब्लु फेस्टको औपचारिक सुरुवातका रूपमा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा ब्रान्ड एम्बेसडर अनुप विक्रम शाहीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमको मुख्य आकर्षण ‘लिड द नेक्स्ट’ थिमअन्तर्गत यामाहा जेडएस आई न्यु जेनको आधिकारिक सार्वजनिकीकरण रहेको कम्पनीले जनाएको छ ।

अध्यक्ष अग्रवालले उक्त मोडल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय जेड सिरिजको नयाँ अध्यायको सुरुवात गरेको कम्पनीको भनाइ छ । ब्लु फेस्टको अर्को प्रमुख आकर्षण एक्सचेन्ज कार्निभल थियो, जहाँ ग्राहकले आफ्ना पुराना मोटरसाइकल सजिलै साट्न सक्ने सुविधा पाएका थिए । 

कान्तिपुर

Link copied successfully