सुबिसुको चौथो एपाक आईपीभी सिक्स काउन्सिल मिट 

बिहीबार सुरु भएको अन्तर्राष्ट्रियस्तरको यो सम्मेलन डिजिटल पूर्वाधार र इन्टरनेट पारिस्थितिक प्रणाली विषयक छलफल

चैत्र ३०, २०८२

कान्तिपुर संवाददाता

Subisu's 4th APAC IPV Six Council Meeting

काठमाडौँ — सुबिसु लिमिटेडले आयोजना गरेको चौथो एपाक आईपीभी सिक्स काउन्सिल मिट सम्पन्न भएको छ । बिहीबार सुरु भएको अन्तर्राष्ट्रियस्तरको यो सम्मेलन डिजिटल पूर्वाधार र इन्टरनेट पारिस्थितिक प्रणाली विषयक छलफलसहित सम्पन्न भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनको पहिलो दिन आईपीभी सिक्स–सञ्चालित एआई डेटा सेन्टरहरूको साथले इन्टरप्राइज आईसीटीको भविष्यलाई आकार, आईपीभी सिक्सको विकासक्रमको अनुभव, आईपीभी सिक्सका साथमा साइबर सुरक्षा र जोखिम नेपालको सार्वभौम डिजिटल रोडम्याप लगायतका प्रमुख विषयहरूमा छलफल र प्रवचन आयोजना गरिएको थियो ।

इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया–प्रशान्त क्षेत्रमा आईपीभी६ प्रवर्द्धनका लागि समर्पित संस्था एपाक आईपीभी सिक्स काउन्सिलबीच एक महत्त्वपूर्ण सहकार्य सम्झौतामा हस्ताक्षरसमेत भएको कम्पनीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully