कार्यक्रममा प्राइम सीएमा अध्ययन गरी सन् २०२५ मा सीए बन्न सफल विद्यार्थी, र्यांकहोल्डर विद्यार्थी, अन्य कलेजका प्राचार्य तथा बोर्डका विशिष्ट सदस्यको उपस्थिति थियो ।
काठमाडौँ — प्राइम सीएले आफ्नो बाइसौं वार्षिकोत्सव एवं विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्राइम सीएमा अध्ययन गरी सन् २०२५ मा सीए बन्न सफल विद्यार्थी, र्यांकहोल्डर विद्यार्थी, अन्य कलेजका प्राचार्य तथा बोर्डका विशिष्ट सदस्यको उपस्थिति थियो ।
प्राइम सीएले आफ्नो २२ वर्षे यात्रामा विद्यार्थीको निरन्तर मिहिनेत र विश्वास, अभिभावकहरूको सहयोग र योग्य कर्मचारी, दक्ष तथा अनुभवी शिक्षक समूहको योगदानबाट प्राइम सीएका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेको अध्यक्ष सीए नवराज बुर्लाकोटीले बताए ।
१ हजार २ सयभन्दा बढी विद्यार्थी सीए बन्न सफल भएको पनि उनले बताए । कार्यक्रममा प्राइम सीएमा अध्ययन गरी सन् २०२५ मा उत्तीर्ण विद्यार्थी तथा सन् २०२५ मा प्रत्येक तहमा र्यांकहोल्डर बन्न सफल विद्यार्थी भाइबहिनीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
