नयाँ वर्षका लागि नेपाल टेलिकमले सार्वजनिक गर्‍यो लाइट र प्रिमियम प्याकेज

नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि नयाँ अफर सार्वजनिक गरेको छ । 

चैत्र ३०, २०८२

कान्तिपुर संवाददाता

Nepal Telecom unveils new Lite and Premium packages for the New Year

काठमाडौँ — टेलिकमले ‘न्यु इयर लाइट’ र  ‘न्यु इयर प्रिमियम’ प्याकेज उपलब्ध गराउने भएको हो । लाइट प्याकेजमा ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डेटा पाइनेछ । तोकिएको सीमा सकिएपछि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने जनाएको छ ।

त्यसैगरी प्रिमियम प्याकेजमा ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ । दैनिक सीमा पूरा भएपछि पनि ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा चलाउन सकिने  विज्ञप्तीमा उल्लेख छ । 

दुवै प्याकेजको अवधि ३० दिनको हुनेछ । यो अफर चैत ३० देखि वैशाख २ सम्म खरिद गर्न सकिनेछ । पोस्टपेड प्रयोगकर्ताका हकमा प्याकेज शुल्क मासिक बिलमै समावेश हुने जनाइएको छ । ग्राहकले मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकमको एपमार्फत प्याकेज खरिद गर्न सक्नेछन् ।

कान्तिपुर

Link copied successfully