कोका-कोला नेपालको फिफा वर्ल्ड कप २०२६ अभियान 

अभिनेता प्रदीप खड्का कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर

चैत्र ३०, २०८२

कान्तिपुर संवाददाता

Coca-Cola Nepal's FIFA World Cup 2026 Campaign

काठमाडौँ — कोका–कोला नेपालले फिफा वर्ल्ड कप २०२६ अभियान सुरु गरेको छ । यस अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा खेलकुद र मनोरन्जन क्षेत्रका चर्चित व्यक्तित्व सहभागी थिए । कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक पनि गरियो ।

साथै फिफा वर्ल्ड कप २०२६ का स्टार, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री पनि प्रस्तुत गरियो । ‘यो अभियान केवल फुटबलको उत्सव मात्र होइन, फिफाको विश्वव्यापी आकर्षणलाई नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास पनि हो,’ कार्यक्रममा बोटलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले भने, ‘विशेष कोका–कोला फिफा प्याक, रोमाञ्चक गतिविधि र विभिन्न सरप्राइजमार्फत हामी उपभोक्तालाई अविस्मरणीय अनुभव दिन चाहन्छौं ।’

उक्त अवसरमा अभिनेता प्रदीप खड्कालाई कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर घोषणा गरियो । 

कान्तिपुर

Link copied successfully