बस सेवाले सार्वजनिक गरेको ‘न्यू यएर, न्यू एड्भेन्चर’ क्याम्पेन २९ चैतदेखि १५ बैशाखसम्म जारी रहनेछ ।
काठमाडौं — बस तथा हवाइ उडान सेवाको अनललाइन टिकट बुकिङ प्लेटफर्म बस सेवाले नयाँ वर्षलाई लक्षित गर्दै क्याम्पेन सार्वजनिक गरेको छ । जसअन्तर्गत बस सेवा अनलाइनबाट टिकट काट्ने यात्रुले माउन्टेन फ्लाइट, बन्जी जम्प, फ्रि बस टिकटसहित सयौंजनाले क्यास ब्याकको सुविधा पाउने छन् ।
बस सेवाले सार्वजनिक गरेको ‘न्यू यएर, न्यू एड्भेन्चर’ क्याम्पेन २९ चैतदेखि १५ बैशाखसम्म जारी रहनेछ । यसअवधिमा बस सेवा अनलाइन प्लेटफर्ममार्फत बस तथा हवाई उडानको टिकट काट्नेमध्ये एकजनाले ‘माउन्टेन फ्लाइट’को अवसर पाउने छन् । बस सेवाले यति यएरलाइन्ससँगको सहकार्यमा आफ्ना ग्राहकलाई यो अवसर उपलब्ध गराउने जनाएको छ ।
यस्तै, क्याम्पेनअन्तर्गत नै दुईजनाले पोखरामा बन्जीजम्प र दुईजनाले प्याराग्लाइडिङको अवसर पाउने छन् । बन्जी र प्याराग्लाइडिङका लागि पोखरा जाने आउने बस टिकट समेत निःशुल्क उपलब्ध हुनेछ । यसमा ट्रिप टर्बोले बस सेवासँग सहकार्य गरेको बससेवाका व्यापार प्रमुख डेनिसजंङ थापाले बताए ।
थापाका अनुसार बस सेवामार्फत अनलाइन टिकट बुकिङ गर्ने यात्रु तथा उपभोक्तालाई बर्षैभरी फ्रि टिकट, क्यासब्याकलगायत विभिन्न छुट दिँदै आएको छ ।
‘बस सेवा’ नेपाली यात्रुहरूबीच एक दशकभन्दा बढी समयदेखि निरन्तर सेवामा छ । यस्तै देशका ७० भन्दा बढी जिल्लामा बस सेवाले बस तथा हवाइ सेवाको अग्रिम टिकट बुकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
