भिभोले ल्यायो भी७० स्मार्टफोन

यसको १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ८३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ९४ हजार ९ सय ९९ रहेको कम्पनीको भनाइ छ ।

चैत्र २५, २०८२

कान्तिपुर संवाददाता

Vivo launches V70 smartphone

काठमाडौँ — भिभोले आफ्नो लोकप्रिय भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भी७० सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो स्मार्टफोन विशेष रूपमा उच्च गुणस्तरको पोट्र्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सकिने गरी डिजाइन गरिएको छ ।

नयाँ भी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले टाढाबाट पनि स्पष्ट र उच्च गुणस्तरका तस्बिर खिच्न मद्दत गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लाइट कम हुँदा पनि राम्रो फोटो खिच्ने यस क्यामेराले प्रयोगकर्ताले महत्त्वपूर्ण क्षणहरू कैद गर्न सक्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार भी७० देशभर बिक्रीका लागि उपलब्ध भइसकेको छ ।

यसको १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ८३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ९४ हजार ९ सय ९९ रहेको कम्पनीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully