अभियानले उपभोक्तालाई केवल स्वादिष्ट अनुभव मात्र नभई थप मूल्य प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको दाबी छ ।
काठमाडौँ — स्वाद र प्रिमियम अनुभवका लागि परिचित सनफेस्ट डार्क फेन्टासी चोको फिल्सले ग्राहकहरूका लागि रोमाञ्चक नयाँ अफर सार्वजनिक गरेको छ ।
विन अ स्मार्टफोन एभ्रिडे अफरअन्तर्गत ग्राहकले दैनिक रूपमा स्मार्टफोन जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यस अभियानमा सहभागी हुन अत्यन्तै सजिलो छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ग्राहकहरूले डार्क फेन्टासरी चोको फिल्स’ खरिद गरी प्याकेटभित्रको फ्ल्यापमा रहेको कोड प्राप्त गर्नुपर्नेछ ।'
त्यसपछि क्यूआर स्क्यान गरी ह्वाट्सएपमा आफ्नो विवरण र कोड दर्ता गर्नुपर्छ । प्रत्येक वैध प्रविष्टिले दैनिक स्मार्टफोन जित्ने मौका दिने कम्पनीले जनाएको छ ।
अभियानले उपभोक्तालाई केवल स्वादिष्ट अनुभव मात्र नभई थप मूल्य प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको दाबी छ ।
