पछिल्लो समय नेपालमा विस्तार भइरहेको ई–स्पोर्ट्स क्षेत्रलाई थप मजबुत बनाउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना हुने भएको बताइएको छ ।
काठमाडौँ — नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन लिमिटेड र पब्जी मोबाइलको सहकार्यमा पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पीएमएनसी) नेपाल स्प्रिङ २०२६ आयोजना हुने भएको छ ।
पछिल्लो समय नेपालमा विस्तार भइरहेको ई–स्पोर्ट्स क्षेत्रलाई थप मजबुत बनाउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना हुने भएको बताइएको छ ।
प्रतियोगिता आउँदो शुक्रबारदेखि मध्यपुर थिमि, भक्तपुरस्थित इन्फिनिटी लाउन्जमा सञ्चालन हुनेछ । रेडबुल र इन्फिनिक्स सह–प्रायोजक आयोजना हुने प्रतियोगिता दुई दिन चल्ने जनाइएको छ ।
प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् ।