भीबोन होम्सको नयाँ बेडसिट बजारमा

आधुनिक डिजाइन र उत्कृष्ट कपासबाट बनेका बेडसिटहरुले प्रयोगकर्तालाई नरम, मुलायम र आरामदायी हुने कम्पनीले जनाएको छ ।

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

Vybon Homes' new bedsheets hit the market

काठमाडौँ — भीबोन होम्सले कटन कम्बेड तथा पियोर कटन बेडसिटहरु सार्वजनिक गरेको छ । आधुनिक डिजाइन र उत्कृष्ट कपासबाट बनेका  बेडसिटहरुले प्रयोगकर्तालाई नरम, मुलायम र आरामदायी हुने कम्पनीले जनाएको छ ।

भीबोन होम्सका बेडसिटहरु केवल आरामदायी मात्र नभई मिठो र शान्त निद्राका लागि पनि सहयोगी रहेको जनाएको छ । उच्च गुणस्तरको कपास प्रयोग गरिएको हुनाले छालामा कोमल स्पर्श दिँदै दैनिक थकान कम गर्न मद्दत पुग्नेछ ।

आकर्षक गिफ्ट प्याकमामा उपलब्ध भीबोन होम्सका बेडसिटहरु साथीभाई, परिवार वा आफन्तलाई जन्मदिन, पार्टी, पर्व तथा विवाहजस्ता विशेष अवसरहरुमा उपहार दिनका लागि उत्कृष्ट विकल्प हुन सक्नेछ । कम्पनीले गुणस्तर, आराम र आकर्षणलाई प्राथपिकतामा राख्दै नेपाली ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर यी उत्पादनहरु बजारमा ल्याएको जनाएको छ।

कान्तिपुर

Link copied successfully