आईआईएमएस कलेज र मलेसियाको टेलर्स युनिभर्सिटीको संयुक्त आयोजनामा आयोजित समारोहमा सयौं विद्यार्थी दीक्षित
काठमाडौँ — नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा उकास्दै आएको आईआईएमएस कलेजको दीक्षान्त समारोह २०२६ ‘सिड्स अफ टुमरो’ भव्यतासाथ सम्पन्न भएको छ ।
आईआईएमएस कलेज र मलेसियाको टेलर्स युनिभर्सिटीको संयुक्त आयोजनामा आयोजित समारोहमा सयौं विद्यार्थी दीक्षित भएको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समारोहमा प्रमुख अतिथिका रूपमा टेलर्स युनिभर्सिटीका भाइस–च्यान्सलर तथा प्रेसिडेन्ट प्रोफेसर बेरी विनको उपस्थिति थियो ।
उनीसँगै आईआईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्ष सविन्द्र महर्जनले समारोहलाई सम्बोधन गर्दै दीक्षित विद्यार्थीहरूलाई बधाई ज्ञापन गरे ।
सन् २०१० मा स्थापित आईआईएमएस कलेजले छोटो अवधिमै नेपालको उच्च शिक्षामा उल्लेखनीय परिवर्तन ल्याएको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
