एक्स्ट्रिम इनर्जी ड्रिंक्सको टिकटक क्याम्पेन

यसरी छानिएका सहभागीमध्ये प्रत्येक साता एक जना भाग्यशाली विजेताले भारतमा जारी आईपीएल क्रिकेट प्रतियोगिता ४ दिनको भ्रमण प्याकेजसहित नि:शुल्क रूपमा प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Extreme Energy Drinks' TikTok campaign

काठमाडौँ — इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आफ्ना उपभोक्तालाई लक्ष्य गरेर ‘वाटरले पुग्दैन है...एक्स्ट्रिम नै चाहिन्छ...’ नामक टिकटक क्याम्पेन सार्वजनिक गरेको छ ।

क्याम्पेनअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सले तयार गरेको ‘वाटरले पुग्दैन है... एक्स्ट्रिम नै चाहिन्छ...’ गीतमा टिकटक भिडियो बनाएर पोस्ट गर्ने सहभागीमध्येबाट प्रत्येक दिन एक जना विजेतालाई कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको आईपीएलको प्री–म्याच कार्यक्रममा छनोट गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी छानिएका सहभागीमध्ये प्रत्येक साता एक जना भाग्यशाली विजेताले भारतमा जारी आईपीएल क्रिकेट प्रतियोगिता ४ दिनको भ्रमण प्याकेजसहित नि:शुल्क रूपमा प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् ।

सहभागीमध्येबाट विजेताको घोषणा कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको आईपीएलको प्रत्यक्ष प्रसारण अन्तर्गत प्री–म्याच कार्यक्रममा गोलाप्रथा मार्फत गरिने कम्पनीको भनाइ छ । 

कान्तिपुर

Link copied successfully