निर्वाचन समितिका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा एमालेका विद्रोही उम्मेदवार बुद्धिसागर पोखरेल ४ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका आधिकारिक उम्मेदवार भेषबहादुर अधिकारीले २ सय ९२ मत मात्रै प्राप्त गरे ।
What you should know
नवलपरासी — नवलपुर उद्योग वाणिज्य संघमा एमालेका विद्रोही उम्मेदवार बुद्धिसागर पोखरेल विजयी भएका छन् । निर्वाचन समितिका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा पोखरेल ४ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भेषबहादुर अधिकारीले २ सय ९२ मत प्राप्त गरे ।
अधिकारी एमालेका आधिकारिक उम्मेदवार हुन् । यसपटकको निर्वाचनमा रास्वपाले एमाले, कांग्रेस र नेकपाका विद्रोही उम्मेदवारको टिम बनाएर गठबन्धन बनाएको थियो । वरिष्ठ उपाध्यक्षमा बालकृष्ण पाण्डे ३ सय ५६ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी नवराज सुवेदीले २ सय ७७ मत पाए ।
प्रथम उपाध्यक्षमा गोविन्दबहादुर क्षेत्री ३ सय ४६ मतसहित विजयी भएका छन् भने हरिकला ढकालले २ सय ६६ मत प्राप्त गरेकी छन् । द्वितीय उपाध्यक्षमा दीपकचन्द्र भट्टराई ३ सय ८ मतसहित विजयी हुँदा पदमबहादुर खत्रीले ३ सय ६ मत ल्याएका थिए ।
महासचिवमा रमेश अधिकारी ३ सय १३ मतसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी कृष्णप्रसाद अर्यालले ३ सय १ मत प्राप्त गरे । उपमहासचिवमा प्रेमनारायण पाण्डे ३ सय ८३ मतसहित विजयी भए भने शिव पोखरेलले २ सय ३२ मत प्राप्त गरे । कोषाध्यक्षमा गणेशबहादुर आचार्य ३ सय ५६ मतसहित विजयी भए भने शिवलाल गिरीले २ सय ५७ मत ल्याएका छन् । यसै गरी खुला सदस्यतर्फ कृष्णकुमार गिरी, गंगादेवी महतो, गोपाल सिपाली, दीपक भट्टराई र सरला खनाल विजयी भएका छन् । महिला सदस्यतर्फ दुर्गा रिजाल र दुर्गा ढुंगाना विजयी भए ।
