अनरको ‘एक्स ९डी’ ५४ हजार ९ सय ९९ रूपैयाँ र ५९ हजार ९ सय ९९ रूपैयाँमा नेपालमा उपलब्ध छ ।
What you should know
काठमाडौँ — स्मार्टफोन ब्रान्ड अनरले आफ्नो ‘दीपल एस०५’ जिताउने मेगा गिभअवे अभियानको अन्तिम काउन्टडाउन घोषणा गरेको छ। कम्पनीका अनुसार अब यो विशेष अफरमा सहभागी हुन ग्राहकसँग केवल ३० दिन मात्र बाँकी छन्।
यो सीमित अवधिको अभियान अन्तर्गत अनर एक्स ९डी खरिद गर्ने ग्राहकले प्रिमियम इलेक्ट्रिक एसयूभी दीपल एस०५ जित्ने अवसर पाउनेछन्। कम्पनीले प्रविधि र जीवनशैलीलाई जोड्ने उद्देश्यसहित यस्तो अफर ल्याएको जनाएको छ।
अनरका अनुसार ‘एक्स ९डी’ २.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी६९के वाटर रेसिस्टेन्स तथा ८३०० एमएएच क्षमताको ब्याट्री जस्ता विशेषतासहित बजारमा उपलब्ध छ। यस अभियानले ग्राहकलाई केवल स्मार्टफोन मात्रै होइन, थप मूल्यसमेत प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको दाबी छ।
अभियान अवधिमा ‘एक्स ९डी’ खरिद गर्ने ग्राहकले दिपल एस०५ जित्ने अवसर, १५ हजार ९ सय ९९ रुपैयाँ बराबरको अनर च्वाइस वाच २ प्रो निःशुल्क, ६ महिनासम्मको सेवा सुविधा (फ्रन्ट/ब्याक रिप्लेसमेन्ट तथा पानीजन्य क्षति मर्मत) जस्ता लाभ पाउँनेछन् ।
अनरका अनुसार देशभरका ग्राहकबाट अभियानमा उल्लेखनीय सहभागिता देखिएको छ र अन्तिम चरणमा उत्साह झनै बढेको छ।
‘एक्स ९डी’ नेपालमा दुई भेरियन्टमा ८ जीबी र्याम + २५६ जीबी स्टोरेज (५४ हजार ९ सय ९९ रूपैयाँ) र १२ जीबी र्याम + २५६ जीबी स्टोरेज ( ५९ हजार ९ सय ९९ रूपैयाँमा उपलब्ध छ । यो अफर नेपालभरका आधिकारिक अनर स्टोर तथा अनलाइन प्लेटफर्ममार्फत सीमित ३० दिनसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।
