टीभीएसको अफर ‘नयाँ वर्षको निरन्तर यात्रा’

यस अफरमार्फत ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

TVS's offer 'Continuous Journey of the New Year'

काठमाडौँ — टीभीएसको आधिकारिक र आयातकर्ता वितरक जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा आफ्नो नयाँ उत्सव अफर ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ सार्वजनिक गरेको छ ।

यस अफरमार्फत ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

अफअन्तर्गत टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले आकर्षक लाभ प्राप्त गर्ने अवसर पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रत्येक दिन ग्राहकहरूले ५ वर्षसम्मको पेट्रोल नि:शुल्क जित्ने मौका पाउनेछन्, जसले उनीहरूको यात्रालाई अझ सहज र लाभदायक बनाउनेछ ।

कान्तिपुर

Link copied successfully