नेपालमा सेराका ‘स्टाइल ग्यालरी’ र ‘स्टाइल हब’ सञ्चालनमा

नयाँ शोरुमले सेरा लक्ससहित यसका लोकप्रिय उत्पादनलाई एउटै छानामुनि प्रस्तुत गर्दै उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Sera's 'Style Gallery' and 'Style Hub' open in Nepal

काठमाडौँ — लक्जरी स्यानिटरी वेयर तथा बाथरुम ब्रान्ड सेराले ‘स्टाइल ग्यालरी’ र ‘स्टाइल हब’ सञ्चालनमा ल्याएको छ ।

ललितपुरस्थित एक्सप्लोर इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन र काठमाडौंस्थित सेरा नेपाल ट्रेडिङ हाउसमा ‘सेरा स्टाइल ग्यालरी’ तथा काठमाडौंस्थित शुभशक्ति बिजनेस प्रालि, वीरगन्जस्थित जय नेपाल स्यानिटरी र भैरहवास्थित चैतन्य इन्जिनियरिङ एन्ड ट्रेड प्रालिमा ‘सेरा स्टाइल हब’ सञ्चालनमा ल्याइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यी नयाँ शोरुमले सेरा लक्ससहित यसका लोकप्रिय उत्पादनलाई एउटै छानामुनि प्रस्तुत गर्दै उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully