सामसङ नेपालले नयाँ वर्ष योजना, पक्का उपहार तथा आकर्षक छुट

यस क्याम्पेनअन्तर्गत सामसङले टीभीमा २५ प्रतिशत, वासिङ मेसिनमा २३ प्रतिशत र रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्मका छुट उपलब्ध गराएको छ ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Samsung Nepal New Year plans, guaranteed gifts and attractive discounts

काठमाडौँ — सामसङ नेपालले नयाँ वर्ष योजना, पक्का उपहार तथा आकर्षक छुटसहित ‘स्मार्ट घर स्मार्ट सुरुवात’ अभियान घोषणा गरेको छ ।

अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुने अफरमा भिजन एआई टीभी र बेसपोक एआई होम अप्लाएन्सहरूमा आकर्षक अफरका साथ आफ्नो जीवनशैलीलाई सजिलो बनाउन सकिने कम्पनीले जनाएको छ ।

यस क्याम्पेनअन्तर्गत सामसङले टीभीमा २५ प्रतिशत, वासिङ मेसिनमा २३ प्रतिशत र रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्मका छुट उपलब्ध गराएको छ ।

नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरण अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर रहेको कम्पनीको दाबी छ । 

कान्तिपुर

Link copied successfully