एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा पाइने अफर सञ्चालनमा ल्याएको छ । यसका साथै, ग्राहकले हरेका हप्ता आकर्षक डेटा भोल्युम पुरस्कारस्वरुप जित्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ — यस अफरअन्तर्गत सबै एनसेल ग्राहकहरूले हरेक दिन एनसेल एपको बाई प्याक मेनुमा गई १०० एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्छन् । यसले ग्राहकलाई एपका विभिन्न सुविधाहरू प्रयोग गर्दै सधैँ कनेक्टेड रहन मद्दत गर्ने कम्पनीको दाबी छ ।
एनसेलले ‘प्ले एन्ड विन’ अफर पनि ल्याएको छ । यसअन्तर्गत ग्राहकहरूले साप्ताहिक रूपमा एपमा आधारित गतिविधिहरूमा सहभागिता जनाएर ५० जीबीसम्म डेटा जित्न सक्छन् । प्रयोगकर्ताहरूले दैनिक रूपमा एपमा गई स्पिन द ह्वील, म्याथ च्यालेन्ज, एनसेल रनर, स्क्र्याच एन्ड विनजस्ता गेमहरूमा संलग्न भई अंक संकलन गर्न सक्छन् । हप्ताभरि संकलन भएको अंकका आधारमा ग्राहकहरूको स्थान निर्धारण गरिने र सोहीअनुसार उनीहरूले आकर्षक डेटा पुरस्कारका रूपमा जित्ने भनिएको छ । शीर्ष १० जनाले ५० जीबी डेटा प्राप्त गर्नेछन् ।
उत्कृष्ट १ देखि १० जना ग्राहकले जनही ५० जीबी डेटा प्राप्त गर्ने, ११ देखि ६० स्थानसम्मका ग्राहकले १० जीबी, ६१ देखि १६० स्थानसम्मका ग्राहकले ५ जीबी, १६१ देखि ४१० स्थानसम्मका ग्राहकले १ जीबी, ४११ देखि ९१० स्थानसम्मका ग्राहकले ५०० एमबी र ९११ देखि ३,४१० स्थानसम्मका ग्राहकले जनही १०० एमबी डेटा पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ।
