इटहरीमा फोटोन मोटर्सको शोरुम

ग्राहकहरूले एकै स्थानमा सेल्स, आफ्टर सेल्स सर्भिस तथा जेन्युइन स्पेयर पाट्र्स सजिलै प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Foton Motors showroom in Itahari

काठमाडौँ — फोटोन मोटर्स नेपालले इटहरीमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

नेपालभर आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने र पूर्वी क्षेत्रका ग्राहकहरूसम्म आफ्ना उत्पादन तथा सेवा सहज रूपमा पुर्‍याउने निरन्तर प्रयासको एक हिस्सा यो विस्तार रहेको कम्पनीको दाबी छ ।

प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीस्थित यो नयाँ शोरुमले सुनसरी, मोरङ तथा आसपासका जिल्लाका ग्राहकलाई सेवा प्रदान गर्दै फोटोनलाई आफ्नो बढ्दो ग्राहक आधारसँग अझ नजिक ल्याएको कम्पनीको दाबी छ ।

नयाँ शोरुमलाई पूर्ण थ्रीएस सुविधासहित डिजाइन गरिएको छ, जसबाट ग्राहकहरूले एकै स्थानमा सेल्स, आफ्टर सेल्स सर्भिस तथा जेन्युइन स्पेयर पाट्र्स सजिलै प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ ।

कान्तिपुर

Link copied successfully