दैनिक यात्रा गर्नेहरूका लागि पेट्रोलको प्रत्येक लिटरले जीवनका अन्य अत्यावश्यक आवश्यकता र गतिशीलताबीचको छनोटलाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौँ — विश्वभर इन्धनको मूल्य उच्च विन्दुमा पुगिरहेको वर्तमान समयमा यमाहा नेपालले ‘नाव आई एम ७१.३३ केएमपीएल’ अभियान सार्वजनिक गरेको छ ।
यो अभियान नेपालको बजारमा हाइब्रिड प्रविधिलाई सफल रूपमा अपनाइएको र स्थापित गरिएको खुसियालीमा ल्याइएको कम्पनीको दाबी छ ।
नेपालकै एकमाक्र हाइब्रिड इन्जिनयुत्त स्कुटरका रूपमा यमाहा रेजेडआर१२५–एफआई हाइब्रिड अब एक रोजाइ मात्र नभई अनिश्चित अर्थतन्त्रमा हजारौं चालकका लागि एउटा भरपर्दो समाधान बनेको कम्पनीको भनाइ छ ।
दैनिक यात्रा गर्नेहरूका लागि पेट्रोलको प्रत्येक लिटरले जीवनका अन्य अत्यावश्यक आवश्यकता र गतिशीलताबीचको छनोटलाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।
‘विश्वव्यापी रूपमा इन्धनको लागत बढ्दै जाँदा, ट्यांकी भर्दाको मानसिक र आर्थिक तनाव पहिले कहिल्यै यति धेरै भएको थिएन,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यमाहा नेपालले बुझेको छ कि चालकहरू केवल एउटा स्कुटर मात्र खोजिरहेका छैनन्, उनीहरू आर्थिक सहजता पनि खोजिरहेका छन् ।’
त्यही सहजतालाई ध्यानमा राखेर कम्पनीले यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।
