१५ चैतमा नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म समिट सञ्चालन हुने स्ट्र होल्डिङ्सले जनाएको छ ।
काठमाडौं — अमेरिका र क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै १५ चैतमा काठमाडौंमा ‘इन्टरनेशनल एण्ड ग्लोबल करिअर समिट २०२६’ आयोजना हुने भएको छ ।
अर्बिट इन्टरनेशनल एजुकेशन र स्ट्र होल्डिङ्सको संयुक्त आयोजनामा हुने उक्त समिट अमेरिकास्थित एमपावर फाइनान्सिङ कम्पनीको सहकार्यमा सञ्चालन हुन लागेको हो । एमपावरले अमेरिका र क्यानडा पढ्न चाहने विद्यार्थीका लागि विना धितो शैक्षिक ऋण प्रदान गर्छ ।
नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म समिट सञ्चालन हुने स्ट्र होल्डिङ्सले जनाएको छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा एमपावरका अन्तर्राष्ट्रिय विशेषज्ञहरू सहभागी हुनेछन् । विदेश अध्ययनका क्रममा देखिने आर्थिक चुनौती, विशेष गरी शैक्षिक ऋण व्यवस्थापनका विषयमा उनीहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने आयोजकले जनाएको छ ।
समिटमा सहभागी हुन कुनै शुल्क नलाग्ने तर सीमित सिटका कारण इच्छुक विद्यार्थी र अभिभावकले अग्रिम दर्ता गर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
