अष्ट्रेलियाको सिड्नीबाट सन् २००३ मा सुरु भएको एक्सपर्टको शैक्षिक परामर्श सेवा विश्वका ९० भन्दा बढी स्थानमा उपलब्ध छ ।
काठमाडौं — एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले न्युजिल्याण्डमा सेवा विस्तार गरेको छ । २३ वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको एक्सपर्ट एजुकेसनले २५औँ देशमा विस्तार गरेको हो ।
एक्सपर्ट एजुकेसनका ग्लोबल डाइरेक्टर बद्री अर्यालले न्युजिल्याण्डको अकल्याण्डमा एक्सपर्ट अफिसको उद्घाटन गरेका हुन् । अष्ट्रेलियाको सिड्नीबाट सन् २००३ मा सुरु भएको शैक्षिक परामर्श सेवा अहिले विश्वका ९० भन्दा बढी अफिसबाट उपलब्ध छन् ।
एक्सपर्टले विश्वभरका विद्यार्थीका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, क्यानडा र युएसएका विश्वविख्यात युनिभर्सिटी तथा कलेजहरूमा भर्नाका लागि परामर्श सेवा प्रदान गर्ने गर्छ ।
न्युजिल्याण्ड अफिस उद्घाटन कार्यक्रममा अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको लागि नेपाली वाणिज्य दूत सञ्जीव शर्मा तथा न्युजिल्याण्डको लागि नेपालका वाणिज्य दूत दिनेश खड्काको पनि उपस्थिति थियो । साथै २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि, एक्सपर्टका विभिन्न डाइरेक्टरहरू, नेपाली, भारतीय, फिलिपिनो समुदायका प्रतिष्ठित व्यक्तित्वहरू, स्थानीय क्रिकेट क्लबका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।
न्युजिल्याण्डमा अफिस विस्तारपछि नेपाली विद्यार्थीहरूलाई न्युजिल्याण्डमा अध्ययनका लागि जान र त्यहाँ पुगेपछि आवश्यक सहयोग अझै सहज हुने विश्वास ग्लोबल डाइरेक्टर अर्यालले व्यक्त गरे ।
