नाडाको ‘वाडा अटो शो २०२६’ मा प्रदर्शनमा बजाज चेतक ईभी

वाडा अटो शोले पोखरेलीहरूलाई चेतक ईभीको प्रत्यक्ष अनुभव लिने सुनौलो अवसर प्रदान गर्ने बताइएको छ ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Bajaj Chetak EV on display at NADA's 'Wada Auto Show 2026'

काठमाडौँ — नेपालका लागि बजाज दुईपांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीसँगको सहकार्यमा बजाज अटो लिमिटेडले ‘वाडा अटो शो’ को दोस्रो संस्करणमा नयाा इलेक्ट्रिक चेतक ३५०१ प्रदर्शन गरिँदै छ ।

यो प्रदर्शनी पोखराको लेकसाइडस्थित तालबाराही चोकमा ११ चैतदेखि १५ सम्म आयोजना भइरहेको छ । गण्डकी प्रदेशकै प्रमुख अटोमोबाइल प्रदर्शनीका रूपमा रहेको वाडा अटो शोले पोखरेलीहरूलाई चेतक ईभीको प्रत्यक्ष अनुभव लिने सुनौलो अवसर प्रदान गर्ने बताइएको छ ।

स्टल नम्बर सी३२ मा अवस्थित बजाजको यस प्रदर्शनीले चेतकको ऐतिहासिक विरासत र आधुनिक इलेक्ट्रिक प्रविधिको उत्कृष्ट संगमलाई प्रस्तुत गर्ने जनाइएको छ ।

आगन्तुकले चेतक ३५०१ लाई नजिकबाट नियाल्न पाउनुका साथै यसको मजबुत मेटल बडी, स्मार्ट टीएफटी डिस्प्ले र नेपालको विविध भौगोलिक अवस्था सुहाउँदो सुरक्षा विशेषताहरूको प्रत्यक्ष जानकारी लिन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कान्तिपुर

Link copied successfully