कम्पनीले नेपाली बजारमा २६५, ३२५ र ३६५ लिटर क्षमताका डबल डोर मोडल उपलब्ध गराएको छ
काठमाडौँ — घरायसी उपकरण ब्रान्ड वेबोरले नेपाली उपभोक्ताको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त रेफ्रिजेरेटरहरूको विस्तृत शृंखला बजारमा ल्याएको छ ।
कम्पनीले साना र मध्यम परिवारका लागि अत्यन्तै उपयोगी हुने गरी अत्याधुनिक डबल डोर मोडल सार्वजनिक गरेको हो । उपभोक्ताहरूले आफ्नो आवश्यकताअनुसार वेबोरका डबल डोर रेफ्रिजेरेटर विभिन्न साइजमा छनोट गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले नेपाली बजारमा २६५, ३२५ र ३६५ लिटर क्षमताका डबल डोर मोडल उपलब्ध गराएको बताएको छ । यी मोडल आकर्षक डिजाइन र मजबुत बनावटका साथ आएको कम्पनीको दाबी छ ।
नेपाली परिवारको माग र आधुनिक किचनको स्वरूपलाई बुझेर २६५ लिटरदेखि ३६५ लिटरसम्मका उत्कृष्ट डबल डोर मोडल ल्याइएको कम्पनीले जनाएको छ ।
