भायानेटले ग्राहकहरूका लागि २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका उच्च गतिको वाइफाई ६ प्याकेज उपलब्ध गराएको छ ।
काठमाडौँ — इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक ‘वाइफाई ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।
प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो । अहिलेको डिजिटल युगमा घरभित्र धेरै उपकरण एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई ध्यानमा राखेर यो प्रविधि डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
‘पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सीलाई न्यूनतम स्तरमा झार्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फलस्वरूप, घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसुस हुनेछैन ।’
भायानेटले ग्राहकहरूका लागि २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका उच्च गतिको वाइफाई ६ प्याकेज उपलब्ध गराएको छ । यसमध्ये २५० एमबीपीएस गतिको वार्षिक योजना १३ हजार ८ सय रुपैयाँमा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।
