शिक्षा मेला २०२६ गर्दै केआईईसी

यही १३ चैतमा पुतलीसडकस्थित केआईईसी एभिन्युमा मेला सञ्चालन हुने

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

KIEC organizes Education Fair 2026

काठमाडौँ — सिर्जनात्मक तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न पेसागत क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीका लागि केआईईसीले राजधानीमा अस्ट्रेलिया तथा न्युजिल्यान्ड शिक्षा मेला २०२६ आयोजना गर्ने भएको छ ।

यही १३ चैतमा पुतलीसडकस्थित केआईईसी एभिन्युमा मेला सञ्चालन हुने संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया तथा न्युजिल्यान्डका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष रूपमा जोड्दै अध्ययन विकल्प, भर्ना प्रक्रिया तथा करिअर मार्गदर्शन प्रदान गर्नु मेलाको उद्देश्य रहेको विज्ञप्तिमा जनाइएको छ । उक्त मेला सबैका लागि निःशुल्क खुला रहने बताइएको छ ।

कान्तिपुर

Link copied successfully