जेको जे सिक्सको सफलतापछि एसपीजी अटोमोबाइल्सले जेको जे सिक्स टी सार्वजनिक
काठमाडौँ — नेपालमा ओमोडा जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले जेको जे सिक्स टी सार्वजनिक गरेको छ ।
बेस्ट–इन–सेग्मेन्ट इलेक्ट्रिक अल–रोडर जे सिक्स टीले ल्यान्ड रोभर डिफेन्डरबाट प्रेरित आकर्षक, बक्सी र रग्ड डिजाइन प्रस्तुत गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यो गाडी रियर–ह्विल ड्राइभ भेरियन्टमा ६८ लाख ९९ हजार भए पनि ग्राहकका लागि विशेष प्रारम्भिक अफरअन्तर्गत ६६ लाख ९९ हजारमा उपलब्ध गराइएको कम्पनीले बताएको छ ।
जेको जे सिक्सको सफलतापछि एसपीजी अटोमोबाइल्सले जेको जे सिक्स टी सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अल–रोडर जेको जे सिक्स टीमा रियर–माउन्टेड मोटर छ, जसले २२० एनएम टर्क उत्पादन गर्छ ।
२२५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी ४४३३ मिमि लम्बाइ, १,९१६ मिमि चौडाइ, १७४१ मिमि उचाइ तथा २७१५ मिमि ह्विलबेसमा उपलब्ध छ,’ विज्ञप्तिमा भनिएको छ ।
