ग्लोबल मनी विकमा प्रभुको वित्तीय साक्षरता

विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजमा आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानी समावेश गरी विक्तीय साक्षरता कार्यत्रम सञ्चालन

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Prabhu's Financial Literacy at Global Money Week

काठमाडौँ — ग्लोबल मनी विकको अवसरमा प्रभु बैंक लिमिटेडले वित्तीय साक्षरता, बालबालिका र युवालक्षित चेतनामूलक तथा प्रभातफेरीलगायत कार्यक्रम गरेको छ ।

सातै प्रदेशस्थित आफ्ना २ सयभन्दा बढी शाखामार्फत विभिन्न स्थानमा साताव्यापी अभियानलाई सफल तुल्याउन यससम्बन्धी विभिन्न कार्यक्रम गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजमा आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानी समावेश गरी विक्तीय साक्षरता कार्यत्रम सञ्चालन गरेको जनाएको छ ।

अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संवेदनशील विवरण सेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहनसमेत विभिन्न सूचना सम्प्रेषण गर्दै आएको बैंकले बताएको छ ।

कान्तिपुर

Link copied successfully