बचतको महत्त्व सिकाउँदै नेपाल एसबीआई बैंक

बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Nepal SBI Bank teaching the importance of savings

काठमाडौँ — नेपाल एसबीआई बैंक लिमिटेडले ग्लोबल मनी विकका अवसरमा विझिन्न कार्यक्रम आयोजना गरेको छ ।

बैंकले विद्यार्थीदेखि युवासम्मलाई लक्ष्य गरी वित्तीय साक्षरता कार्यत्रम गरेको हो ।

‘सातै प्रदेशमा आयोजना गरिएको कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीलाई बचतको महत्त्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत विषयमा जानकारी गराएको थियो,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

कान्तिपुर

Link copied successfully