मिडिया सञ्चालक, पत्रकार, विज्ञापन एजेन्सीलगायत सरोकारवालाबीच मिडिया क्षेत्रका समग्र विषयमा छलफल गरी निकालियो निष्कर्ष
काठमाडौँ — कोशी प्रदेशका पत्रकार, सञ्चार उद्यमीलगायतको सहभागितामा मिडिया समिट आयोजना गरिएको छ ।
समिटले १४ बुँदे घोषणापत्रसमेत जारी गरेको छ । पत्रकार क्षेत्रका पेसागत संघ–संगठनका नेतृत्वकर्ता, मिडिया क्षेत्रका अगुवा, सञ्चालक, सञ्चारकर्मी तथा विज्ञापन एजेन्सीको सहभागितामा कोशी प्रदेशको पत्रकारिता, विज्ञापन बजार र सञ्चार उद्योगको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे गहन अन्तरक्रियापछि घोषणापत्र जारी गरिएको आयोजक प्रदेश खबर डटकमका प्रधानसम्पादक तथा नयन एडभरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले जनाए ।
मिडिया सञ्चालक, पत्रकार, विज्ञापन एजेन्सीलगायत सरोकारवालाबीच मिडिया क्षेत्रका समग्र विषयमा छलफल गरी निष्कर्ष निकालिएको र त्यसलाई बुँदागत रूपमा टिपोट गरी घोषणापत्रको रूप दिइएको अधिकारीको भनाइ छ ।
